
उदयपुर ।
शुक्रबार २३ गते साँझ अन्दाजी ५ः२० बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा. ०९ माथाने टोल स्थितमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ ।
चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको प्र १-०५-००१ ह ०३१० नं. को अटो बाटो मोड्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १-०२-०४३ प ५७४३ न को मोटरसाईकलसँग ठोक्किई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला मोरङ लेटाङ न.पा.०७ वाराङ्गी बस्ने बर्ष २६ को अजय लिम्बु गम्भिर घाईते भएको र निजलाई घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल गाईघाटमा ल्याई उपचारको क्रममा ऐ. साँझ ६ः१० बजे अस्पतालले निज अजय जिम्बुलाई मृत घोषणा गरेको हो ।
तत्काल फरार रहेका अटो चालक जिल्ला उदयपुर त्रियुगा न.पा.०७ बस्ने वर्ष ३८ को भुसेलाल दनुवारलाई प्रहरीले खोजतलास गरी फेला पारी जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
दुर्घटना भएका दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।