
काठमाडाैं ।
प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचनको माहौल देशै भरी चलिरहेको छ। २०७९ चैत्र ५ मा भएको स्ववियु निर्वाचन अब भने दुई वर्ष पछि आसन्न चैत्र ५ मा हुँदै छ।
देशै भरिका क्याम्पसमा माहौल तात्तीरहेका बेला अमृत क्याम्पस (अस्कल) मा पनि चुनावी माहौल व्यापक रूपले लागिरहेको छ।
विभिन्न संघ सङ्गठनहरुले आफ्ना उम्मेदवारहरू खडा गर्ने क्रमलाई तीव्र रूपले अगाडी बढाइरहेका छन्। त्यसै सन्दर्भमा अनेरास्ववियुले पनि देशै भरी आफ्ना उम्मेदवार तयार गर्न लागिरहेको छ।
उम्मेदवार टुङ्गो लगाउने क्रममा अनेरास्ववियु अमृत क्याम्पस कमिटीले पनि आसन्न चैत्र-५ मा हुने स्ववियु निर्वाचनका लागी सभापति,सचिव र कोषाध्यक्ष उम्मेदवारको टुङ्गो लगाएको हो।
अनेरास्ववियु अमृत क्याम्पस कमिटीको २०८१/११/१८ गते अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ क्याम्पस जिल्ला इन्चार्ज सुनिल कडेलको प्रमुख आतिथ्यका तथा अनेरास्ववियु अमृत क्याम्पस कमिटी अध्यक्ष पंकज पाण्डेयको अध्यक्षता मा स्वबियु चुनाव विशेष पूर्ण बैठक बसेको थियो। क्याम्पस कमिटी पदाधिकारी,अनेरास्ववियु बाट स्ववियु मा रहेका पदाधिकारी र सदस्यहरू, विभिन्न कक्षा कमिटी पदाधिकारीहरू तथा अनेरास्ववियुमा आस्थावान विद्यार्थीहरू सहित २०० जना को हाराहारीमा उपस्थिति थियो। उपस्थित सम्पूर्ण को राय,सुझाव सल्लाह एक एक गरी लग्ने कार्य सम्पन्न भएको थियो।
सबैको सुझाव सल्लाह र धारणा नियमित ९रेगुलर० विद्यार्थी बाट सभापतिको उम्मेदवार बनाउनु पर्छ भन्ने थियो। नियमित विद्यार्थीहरू बाट सभापति उम्मेदवारको लागी सबै भन्दा बलियो गोपाल ब.शाही रहेको प्रस्ट बताएका थिए। सभापतिको लागी सबैको समर्थन गोपाल ब।शाही लाई थियो।
शाही अनेरास्ववियु अमृत क्याम्पस कमिटी सचिव समेत हुन। शाही बिना चुनावी अभियानमा होमिनु इतिहासकै मूर्खता साबित हुने सबैको धारणा थियो। शाही अहिले स्नातक तह चौथो वर्षमा अध्ययनरत नियमित ९रेगुलर० विद्यार्थी हुन। उनी नियमित विद्यार्थी भएको र हरेक समय विद्यार्थीकै माझ रहेर काम गरेको हुनाले सम्पूर्ण विद्यार्थीको पहिलो रोजाई नै शाही थिए।
शाहीले विगतमा क्याम्पस प्रशासनले विद्यार्थीले टप गरे बापत दिनुपर्ने सेवा सुविधामा लापरबाही गरेपछि तत्काल उक्त सेवा सुविधा दिने व्यवस्था कायम गरेका थिए। क्याम्पस प्रशासनले तर्फको शुल्क एक्कासि ७० हजार बढाएर विद्यार्थीलाई मारमा पारेपछि अन्य सङ्गठन मौन भएका बखत साहीले विज्ञप्ति जारी गर्दै वृद्धि शुल्क तत्काल फिर्ता गर्नु पर्ने जोडदार माग राखेका थिए।
विद्यार्थीको सेवाको लागी बनेको पुरानो सवबियुले गलत मनसायका साथ क्याम्पस प्रशासनमा तालाबन्दी गर्दा शाहीले खुलेरै बिरोध गरेका थिए। र उक्त ताला खोल्ने २ दिनको समय दिएका थिए अन्यथा विद्यार्थीहरू सेवा सुबिधा बाट वञ्चित भएकाले आफूले फुटाई दिने चेतावनी समेत दिएर ताला खोल्न लगाएका थिए। यस्ता थुप्रै कामहरू गरेका शाहीको विकल्प कोही नभएको उक्त बैठकको निष्कर्ष थियो। जहिले विद्यार्थीको पक्षमा उभिइरहने शाही सम्पूर्ण कर्मचारी,प्राध्यापक लगायत विद्यार्थीहरू द्वारा सर्वाधिक रुचाइएका उम्मेदवार हुन।
काम गर्ने हक्की शैली भएका शाहीले विद्यार्थीका गुनासालाई प्रथम श्रेणिको दर्जामा राख्ने गरेका छन्। उनी बिचारमा प्रस्ट र धारणामा प्रखर वक्ता पनि हुन। उनी रेगुलर विद्यार्थी भएकाले सम्पूर्ण विद्यार्थीको मागलाई सम्बोधन गर्न अनेरास्वबियुले शाही लाई सभापतिमा अगाडी बढाएको हो।
उनका प्रतिस्पर्धिहरु भने ४र५ वर्ष अघि पास आउट भएर बाहिर प्राइभेट कलेजहरू तिर मास्टर्स पढिरहेका उम्मेदवार हुन। उनीहरू चुनावको लागी मात्र भर्ना भएको र चुनाव पश्चात् क्याम्पसमा बसेर काम गर्न नसक्ने भएकाले सम्पूर्ण विद्यार्थीको पहिलो रोजाई नै शाही छन्।
शाहीले यो भन्दा पहिलाको स्वबियु पदाधिकारीहरूलाई क्याम्पसमा भएका विभिन्न समस्याहरूका बारेमा बताएका थिए। र त्यी समस्याहरूलाई समाधान गर्ने उपायसहितको राय दिएर स्वबियुलाई काम गर्न अनुरोध गरेका थिए। तर २ वर्ष अगाडि निर्वाचित स्वबियुले भने समाधान गर्ने कुनै चालहरु नदेखाएपछि उनी स्ववियु लाई दबाब दिँदै आएका थिए।
यो भन्दा अगाडिको स्वबियुले केही पनि काम नगरेको उल्टै क्याम्पसलाई आर्थिक भार पर्ने गरी अवैधानिक तवरबाट रकम हिनामिना गरेको शाहीले बताए। २०७९ को स्वबियु निर्वाचनबाट अध्यक्षमा प्रेम जैसी, सचिवमा रुद्रहरी पोखरेल र कोषाध्यक्षमा नेहारिका चौधरी निर्वाचित भएका थिए। उनले भने स्वबियु घोषणापत्रमा उल्लेख गरेका मध्य कति नम्बर बुँदामाथि उहाँहरुले काम गर्नु भयो र विद्यार्थी माझ गरेका आफ्ना प्रतिबद्धता पुरा गर्नु भयो।
स्ववियु पदाधिकारीमा जितेर फेरि आसन्न चैत्र ५ मा हुने निर्वाचनमा उम्मेदवार बन्न खोज्नु उहाँहरुको मूर्खता हो साहीले भने। भ्रमै भ्रम सिर्जना गरेर जितेका उहाँहरुलाई अब विद्यार्थीले एक स्वर मा २ वर्ष भित्र तपाईँको कुन प्रतिबद्धता पुरा गर्नु भयो भन्दै प्रश्न गरेर लखेटिरहेका छन्। उनीहरू जबाफविहीन बनेर भागिरहेका छन्।
अघिल्लो स्वबियुमा निर्वाचित साथीहरूका कारणले स्ववियुमाथि पनि विद्यार्थीको निराशा र वितृष्णा छ। त्यो निराशालाई चिरेर आशामा परिणत गर्न आफू निर्वाचित हुनुपर्ने र विद्यार्थी आफ्नै पक्षमा रहेको शाही दाबी गरे। आफूले क्याम्पसमा देखेका समस्याहरू को न्यूनीकरण गर्न र अघिल्लो स्वबियुलाई गरेका सुझावहरु पुरा गर्न आफूले जिते मात्र सम्भव रहेको उनले बताए।
शाही निकै प्रभावशाली र निष्ठावान् रहेको एक जना विद्यार्थीले बताए। अब गैर विद्यार्धीलाई होइन साँच्चिकै को विद्यार्थीलाई चुन्नु पर्छ। राजनीति गर्नकै लागी ५-६ वर्ष पछि फेरि फर्केर भर्ना हुने परिपाटीलाई निमिट्यान्न पार्नुपर्छ उनको अभिव्यक्ति थियो। शाही सबै भन्दा बलियो उम्मेदवार हुन।
उनलाई २०८१/११/२१ गते बसेको क्याम्पस कमिटी पदाधिकारी बैठकले सभापतिको लागी एकल सिफारिस गर्ने निर्णय गरिसकेको छ। अनेरास्ववियु बाट सभापतिको आधिकारिक उम्मेदवार गोपाल ब।शाही नै बनेका छन्। नेपालको पश्चिमी भेगमा पर्ने कर्णाली प्रदेशको सबैभन्दा दुर्गम जिल्ला कालिकोट बाट आएका शाही को तारिफ र चर्चा देशै भरी भइरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।