
काठमाडौँ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगाण्डाविरुद्ध खेल्दै छन् ।
यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने भएकी छन् ।
आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि सुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।