
काठमाडौँ।
काठमाडौँको छुट्टाछुट्टै स्थानबाट गत शुक्रबार स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भई हाल काठमाडौंको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन्।
वास्तविक नम्बर बा ८७ प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनि निवेदन दिएका थिए । उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनि खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौंको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाईराखेको भन्ने खुल्न आएकोले खोजतलास गर्दा तार्केश्वर नगरपालिका १० घलेपुलमै नम्बर प्लेटनै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको थियो । वास्तविक नम्बर बा ९२ प ९३९५ भएको स्कुटर टोखा नगरपालिका ११ बाट हराएको भनि रामेछापका रिकी थापा मगरले निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।