दोलखा।
दोलखाको धार्मिक एवं पर्यटकीय केन्द्र शैलुङमा रहेको शैलुङ्गेश्र महादेव मन्दिर तथा भीमसेन सिला तरवारमा सामूहिक लघुरुद्रीको तयारी गरिएको छ ।
नयाँ बर्ष २०८२ को पहिलो दिन वैशाख १ गते शैलुङ्गेश्वर महादेव मन्दिर तथा भीमसेन सिला तरवारमा लघुरुद्री हुन लागेको कार्यक्रम संयोजक गौरीशङ्कर च्छो–रोल्पा मिडिया प्रालिका अध्यक्ष प्रबिण प्रसाद थपलियाले बताए।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ शैलुङको थुम्कामा रहेको शैलुङ्गेश्वर महादेव मन्दिर र भीमसेन सिला तरवारको धार्मिक एवम ऐतहासीक महत्वलाई आत्मसाथ गर्दै एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेतीको आर्थिक सहयोगमा शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाले सामूहिक लघु रुद्री आयोजना गर्न लागिएको अध्यक्ष रुद्र थपलियाले बताए ।
लघु रुद्री कार्यक्रमको अवसरमा समाजसेवी शोभित उप्रेतीले भीमसेन सिला तरवारमा ५० केजीको काँसको घण्टा चढाउने कार्यक्रमका संयोजक प्रबिण प्रसाद थपलियाले बताए ।

लघु रुद्री पुजामा शैलुङ्गेश्वर महादेव मन्दिरमा १३ जना र भीमसेन सिला तरवारमा २३ जना गरी २६ जना पण्डीतहरुले पूजा गर्ने कार्यक्रम रहेको संयोजक प्रबिणको भनाई छ ।
भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट दोलखाको शैलुङ डाँडामा रहेको भीमसेन तरवार सिलाको पूजा समेत गरिएको थियो ।
तीन हजार एक सय ४८ मिटरको उँचाइमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषीहरुले तपस्या गरेको किंवदन्ती रहेको छ । शैलुङमा हरेक बाह्र बर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । महादेव (शिवजी) को प्रतिमूर्तिमा सीर निहुराएर मागेको बर खेर नजाने विश्वास रहेको स्थानीय धनबहादुुर मगरले बताए । महादेव मन्दिरसङै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कण गरिरहेका हुन्छन् । भनिन्छ, धर्मात्माहरुले सजिलै धर्मढोका पार गर्न सक्छन् तर पापीले त्यो सौभाग्य पाउन सक्दैनन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।