
काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति तथा जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो ।
उक्त जरिवाना राप्रपाका प्रवक्तासमेत रहेका प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीलगायत सोमबार काठमाडौं महानगर पुगेर तिरेको हो । राप्रपाले एक लाख रुपैयाँ जरिवाना बुझाएको काठमाडौं महानगरका नगर प्रहरी प्रशासन प्रमुख धर्म भण्डारीले बताए ।
पूर्वराजाको स्वागतमा सहभागी व्यक्तिबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी, आइल्यान्ड र त्यहाँ रहेका विरूवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको महानगरको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।