
बागमती।
मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।