१९ असोज ,नवलपरासी – नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुईजना बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुईजना बेपत्ता भएको जनाएको छ ।
बेपत्ता हुनेमा स्थानीयवासी १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो रहेको प्रहरीले जनाएको छ । बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ । पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि अन्य साथीले आफन्तलाई खबर गरेका थिए ।