१९ असोज ,प्यूठान – पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्दराज पोख्रेलले पदीय दुरुपयोग गरेको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् ।
बाम गठवन्धनका तीनदल सहित नेकपा मालेले बिहीबार संयुक्त प्रेस विज्ञप्तीमार्फत पोख्रेलले सरकारी पदीय मर्यादा भुलेर जिल्लामा नेपाली कांग्रेसको गतिविधिमा क्रियाशिल रहेको उल्लेख गरेका छन् । यसप्रति पहल र कार्ययोजनामा लाग्नुको साटो पदीय मर्यादा भुलेर सरकारी स्रोतसाधनको दुरुयोग गरी हिडेकोप्रति नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहान्छौँ ।
आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी पदीय जिम्मेवारीबाट अलग नभई पार्टीका गतिविधिमा हिड्नु निर्वाचन आचारसंहिता विपरित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।