
काठमाडौँ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।