अहीले हुन गइरहेको स्थानिय तहको निर्वाचनमा नेपालको सबै स्थानमा नेपाली काङ्ग्रेसले बहुमतले जित्ने नेपाली काङ्ग्रेसका महामान्त्री डक्टर शशाक कोइरालाले दावि गर्नुभएको छ ।
नवलपरासीको प्रदेश नम्बर ४ मा रहेको हुप्सेकोट गाउपालिका वडा नम्बर तिन देउरालीमा भएको चुनावी आम सभालाइ सम्बोधन गर्नुहुदै ससद डा. कोइरालाले यस्तो बताउनुभएको हो । नेपाली काङ्ग्रेस हुप्सेकोट गाउ पालिका चुनाव प्रचार प्रसार समिति सयोजक फगनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ का सासद समेत रहनु भएका महामन्त्री डां शशाका कोइराला प्रमुख अतिथी रहनुभएको थियो ।
यसैगरी विशेष अतिथीमा केन्द्रीय सदस्य गुरु घिमीरे, देवेन्द्रराज कडेल, पुर्व केन्द्रीय सदस्य कृष्ण चन्द्र नोपली, पुर्व सभासद महेन्द्रध्वज जिसी, लगाएत हुप्सेकोट गाउपालिका अन्तर्गत देराली, साबीक धौबादी गाविसका नेपाली कार्यकताहरुको उल्लेखनिय उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्नु हुदै केन्द्रीय सदस्य गुरु घिमिरेले एमालेको खोक्रो राष्टबादको विरुद्धमा जनता अव मैदानमा उत्रन बाकि रहेको बताउनुभएको छ भने पुर्व केन्द्रीय सदस्य कृष्ण चन्द्र नेपालीले समृद्ध नेपाल बनाउन सक्ने एक मात्र पार्टि नेपाली कग्रेस रहेको बताउनु भएको थियो । यसैगरी नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देवेन्द्र राज कडेलले अहिलेको चुनावी माहोल हेर्दै गर्दा मधेशी केन्द्रीत दलहरु भित्र भित्रै पछुताइ रहेको बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस हुप्सेकोट गाउ पालिका प्रमुख पदका उम्मेदवार पलक्ष्मी पाण्डेले रोइरहेको महिला अनुहारमा मुस्कान फिर्ता ल्याउनको लागी नेपाली काङ्ग्रेसको जित आवश्यक रहेको र हुम्पसेकोट गाविसको विकास निर्माणको लागी समेत आफनो जित अपरीहार्य रहेको बताउनुभयो । त्यसैगरी उपप्रमुख पदका उम्मेदवार ओम थापा मगरले न्याय नपाएका जनजातिहरुलाइ अधिकार प्राप्त गराउनको लागी र समजा रुपान्तरणको लागी आफनो उम्मेदवारी रहेको बताउनुभयो । नेपाली काङ्ग्रेस प्रचार प्रसार समीती सचिव भिम नारायण रेग्मीले सचालन गर्नुभएकोे चुनावि आमसभामा प्रमुख पदका उम्मेदवार लक्ष्मी पाण्डे तथा उपप्रमुख पदका उम्मेदवार ओम थापा मगरले हुप्सकोट गाउपालिका निर्माणको लागी योजना हरु समेत प्रस्तुत गर्नेुभएको थियो । यसैगरी नेपाली काङ्ग्रेस कावासोति नगर समीतिको अयोजनामा भएको आम सभालाइ समेत महामन्त्री डा. शशाक कोइरालले सम्बोधन गर्नुभएको छ ।
कावासोति नगरपालिका वडा नम्बर ६ विष्णु नगरमा भएको आम सभालाइ सम्बोधन गर्नुहुदै ससद समेत रहनुभएका डा. कोइरालले नेपाली काङ्ग्रेसको जितले नै देशको विकास हुने र आम जनताले न्यायको महशुस गर्ने बताउनु भएको थियो । चुनावी आम सभामा नेपाली कग्रेस कावसोति नगर समितिका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेलले आफुले चुनावी घोषणा पत्रमा प्रतिवद्धता जनाएका कुरा पुरा गरेर छाडने बताउनुभएको थियो ।
यसैगरी उपमेयर पदका उम्मेदवार खगिसरा गुरुङले कावासोति नगर क्षेत्रको विकासको लागी आफु प्रतिवद्ध रहेको बताउनुभएको थियो ।