बैशाख २६, कावाासोती ।। नवलपरासीको कावासोतीमा चुनावी प्रचारप्रसार प्रयोग गरिएको टाटा सुमो जीपमा आज बिहानै अज्ञात समूहले आगजनी गरेको छ ।
स्थानीय शंकर ढकालको बा १३ च ७१५० गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार घरमा रोकी राखिएको गाडीमा आगजनी भएको हो ।
गाडी कावासोती १४ का राप्रपा वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गर्दै आइरहेका थिए । आगजनी गरको आशकामा केहीलाइ नियन्त्रणमा लिइ अनुसन्धन शुरु गरीएको प्रहरी नायब निरीक्षक राजेश थापाले बताउनुभएको छ ।