
काठमाडौँ।
दुई करोड ७५ लाख ११ हजार चार सय ९८ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका छन्।
यही चैत १ गतेराति काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बा ५ ख ७३१४ को सवारीसाधनसहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको उक्त सामानसहित उनीलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।