
रामेछाप ।
रामेछाप प्रहरीले वनमा डढेलो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पकाउ पर्नेमा रामेछापको दोरम्बाशैलुङ गाउँपालिका ३ का ५० वर्षीय पदमबहादुर विक र उनका भाइ ४५ वर्षीय चन्द्रबहादुर विक रहेका छन् ।
उनीहलाई दोरम्बा सैलुङ गाउँपालिका–३ टोकारपुर स्थित छहरे छाप पाखा सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
गत शुक्रवार बिहान ११ बजेबाट छहरे छाप पाखा सामुदायिक वनबाट डढेलो सुरु भएको थियो । उक्त डढेलो लालिगुँरास, बुढा पानी सामुदायिक वनमा पनि सल्केको थियो । उक्त डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
आगो लगाएको आरोपमा बिकद्वयलाई शनिवार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एवं प्रवक्ता न्यौपानेले बताए । पक्राउ परेका दाजुभाइलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा पठाइएको उनले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।