१९ असोज ,काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन आजबाट सुरु गर्नु भएको छ । अनसन अपरान्ह साढे चार बजेबाट सुरू गरेको डा. केसीका सहयोगी अभिषेक सिंहले जानकारी दिएका थिए ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेकाले डा. केसी अनसनमा बसेका हुन् । गत असोज ९ गते सुरू गरेको १२ औं अनसन दसैंका कारण ११ गते नै स्थगित गरेका डा. केसीले १९ बाट पुनः बस्ने बताएका थिए ।
अनसन स्थगित गरेपछि १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न उनले असोज १९ गतेसम्मको अल्टिमेटम दिएका थिए।