बझाङ।
बझाङकाे बुङ्गल नगरपालिकामा रहेकाे त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा मंगलबार भएको नेपाल विद्यार्थी स्वतन्त्र युनियनको निर्वाचनमा चन्द्र बोहराको प्यानल बहुमतका साथ विजयी भएको छ ।
खसेको १ सय ९०मत मध्ये १ सय १२ मत ल्याई नेविसंघका चन्द्र बोहराको प्यानल नै विजयी भएको हाे । उनका प्रतिस्पर्धी चार दल निकट विद्यार्थी संगठनले ७४ मत प्राप्त गरेकाे छ भने ३८मतबढिले बाेहराले चुनाव जितेका छन् । बदर ४ मत भएका छन् । त्रिवेणी आदर्श बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा बाेहरा निर्वाचित भए पश्चात् नेपाली काँग्रेसका युवा नेता अभिषेक बहादुर सिंहले उज्ज्वल भविष्यको संचारमाध्यमबाट शुभकामना दिएका छन् । काँग्रेस नेता सिंहले शुभकामना दिँदै यसो भनेका छन् ।
“भाइ तिमी लगायत तिम्रो विजयी प्यानल लाई धेरै धेरै शुभकामना छ । तिमी यति कलिलाे उमेरमा गुणस्तरीय शिक्षा,शैक्षिक सुधार र भविष्यका कर्णधारहरूका हकहित सुरक्षित गर्नका लागि आवाज उठाई र सम्बन्धी निकायलाई कार्यान्वयन गर्न सजक र सचेत गराउने गौरवशाली छातासंगठन नेपाल विद्यार्थी स्वतन्त्र युनियन (स्ववियु) काे अध्यक्षमा विजयी भएका छाै ! याे एक हाम्राे समाज काे लागि उदाहरणीय पक्ष हाे । तिम्रो पढाईसंगै राजनीतिक जीवनकाे शुभकामना भाइ साथ सप्राेट सदैव रहिरहन्छ चन्द्र” राजनीतिलाई अहिले हाम्रो समाजमा वितृष्णाको रूपमा जनमानसमा अल्झिरहेकाे छ ! राजनीति शुद्ध समाजसेवा हाे र राजनीति गर्ने व्यक्ति समाजका सेवक हुन् सबै दाजुभाइ एक हाैं निस्वार्थ भावनाको भावनात्मक सम्बन्ध हाे, भन्ने नै राजनीति हाे भन्ने सन्देश हामीले हाम्रो समाजमा दिन र बुझाउन जरुरी छ ।

८वर्षको उमेरमा बुवा गुमाएका स्ववियु अध्यक्ष चन्द्र बाेहरा बुङ्गल नगरपालिका वडानम्बर ६ उच्चाकाेट गाउँको गरिब परिवारमा हुर्केका एक व्यक्ति हुन् ।
एक दाइ लगायत ४ भाईबैनी र आमा बाेहराका परिवार सदस्य हुन् । दाइ राेजगारिकाे शिलशिलामा भारतमा काम गर्दै आएका छन् । ब्याचुलर प्रथम वर्षमा अध्ययनरत चन्द्र बाेहरा बिगतमा धेरै दु:ख पाएकाे र अहिले क्याम्पसमा भर्ना गर्न पैसा नभएर क्याम्पस परिवारले जेहन्दार विद्यार्थी भनेर निःशुल्क भर्ना गरिदिएको बुङ्गल नगरपालिका नेविसंघ संयाेजक अक्कल भण्डारीले बताए । उनले भने चन्द भाइ लगनशील पढाईमा अब्बल र ईमानदारीता भएका व्यक्ति भएको भण्डारीले बताए । नवनिर्वाचित स्वियु सभापति चन्द्र बाेहराकी आमाले गाउँमा सिलाजित बेचेर पाल्ने र पढाउने गरेकी थिइन् । बोहराको लगनशीलता र काैशल देखेर स्थानीय नरेश कुँवरले धनगढीमा आफैसंग राखेर दुईबर्ष पढाउन सहयोग गरेका थिए । स्थानीय सरकारले नगरभित्रका गरिब जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक संस्थाकाे समन्वयमा विभिन्न विधामा विद्यार्थीको हाैसला र आत्मसम्मानका लागि विभिन्न समयमा छात्रवृत्ति वितरण गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।