
पाल्पा।
घाँस काट्ने क्रममा रुखबाट लडेर जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराई रहेका छन । भट्राइको रुखबाट लडेर बुधवार बिहान मृत्यु भएको हो ।
भट्टराई आफ्नै घरदेखी तीन सय मिटर पूर्वतर्फ बारीमा रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा अचानक रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार भट्टराई रुखबाट खसेको स्थानीयले जानकारी गराए लगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमै मृत्यु भएको पाइएको हो ।
उनी विहानै घरबाट घाँस काट्न भनि निस्किएका थिए । घर अबेरसम्म नआएपछि परिवार र छिमेकीले बारीमा हेर्न जाँदा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।