
काठमाडौँ।
यही चैत्र ४ गतेदेखि काठमाडौँमा सञ्चालन भएको बहुराष्ट्रिय योजना वृद्धि टोली टेम्पेस्ट एक्सप्रेस ( एमपीएटी टीई ४० ) संयुक्त अभ्यास सम्पन्न भएको छ ।
विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथा अन्य विभिन्न निकायबिच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी अभ्यास सञ्चालन गरिएको हो ।
नेपाली सेना तथा युएस इन्डोपाकमको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त अभ्यासमा नेपालबाट नेपाली सेना तथा अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरूका ५६ जना एवं विभिन्न देशका ३६ जना गरी जम्मा ९२ जनाको सहभागिता रहेको थियो ।
समापन समारोहमा रथीबृन्द, नेपालका लागि अमेरिकी राजदूतावासका मिसनका उपप्रमुख, अधिकृत, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवम् गैर सरकारी निकाय तथा विदेशी संघ संस्थाहरूका उच्चस्तरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।