काठमाडौं ।
तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा एभिन्युज खबरका पत्रकार सुरेश रजकको जिउँदै जलाएर हत्या गरिएको छ। घटनाले टेलिभिजन परिवार र पत्रकार रजकको परिवारलाई मर्माहत बनाएको छ। प्रदर्शन कभर्ड गरिरहेका पत्रकारको हत्याले देशको सुरक्षा व्यवस्था र राज्यको गैर जिम्मेवारीपनप्रति गम्भीर प्रश्न खडा गरेको छ।
टेलिभिजन परिवार र मृतक पत्रकार रजकको परिवारले सरकारसँग तत्काल न्यायको माग गर्दै, उच्चस्तरीय छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न अपिल गरेका छन्। उनीहरूले मृतकलाई शहीद घोषणा र परिवारलाई उचित क्षतिपूर्ति पनि माग गरेका छन्।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।