
ललितपुर।
पत्रकारितामार्फत संस्कृति, सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएवापत नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई सम्मान गरियो।
आठौं विश्व नेवाः दिवसको अवसरमा नेवाः गुठी न्यूयोर्कले सम्पदा संरक्षण महाअभियानसंग मिलेर पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयोजना गरेको एक समारोहकाबीच महर्जनलाई सम्मान गरिएको हो।बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथ रथयात्रासंग सम्बन्धित गुठीयारसंगै त्यसको संरक्षण र निरन्तरताको लागि वर्षौदेखि क्रियाशील सञ्चारकर्मी, कानुनी व्यवसायी र सांस्कृतिक अभियन्ताहरुसंगै उनलाई सम्मान गरिएको थियो।
आठौं विश्व नेवाः दिवसको अवसरमा नेवाः गुठी न्यूयोर्कले सम्पदा संरक्षण महाअभियानसंग मिलेर पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयोजना गरेको एक समारोहकाबीच उनीहरुलाई सम्मान गरिएको हो।सो अवसरमा सम्मानित हुनेहरुलाई काठमाडौं महानगरपालिका उपमेयर सुनीता डंगोलले खादा ओढाई र ललितपुर महानगरपालिकका मेयर चिरिबाबु महर्जनले सम्मानपत्र प्रदान गरे।
सो अवसरमा मेयर महर्जनले सम्पदा पुनःनिर्माण र अमूर्त संस्कृतिको निरन्तरतालाई महानगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताए।
उपमेयर डंगोल संस्कृति, सम्पदा संरक्षणमा गुठीयारहरुसंगै त्यसमा देखापरेका समस्या, कठिनाईको लागि राज्यलाई खबरदारी गर्ने अभियन्ता, कानुन व्यवसायी र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए। संस्कृति संरक्षणमा मातृभाषाको निकै परिपुरक सम्बन्ध रहेको उल्लेख गर्दै नेवाः समुदायले आफ्ना सन्तानलाई मातृभाषा सिकाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकारले नेवाः समुदायलाई एकता, आपसी समन्वयको भावलाई वृद्धि गर्न यल नेवाः समाजले काम गरिरहेको बताए । वल्र्ड नेवाः अर्गनाइजेशका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ अध्ययन र कामको सिलसिलसिलामा देशबाहिर रहेका नेवाः समुदायलाई जोड्न अर्गनाइजेसनले काम गर्दै आएको बताए ।
सो अवसरमा नेपालबाट हराएका मूर्तिहरु अमेरिकाबाट फर्काउन महत्त्वपूर्ण योगदान पु¥याउन नेवाः गुथि न्यूयोर्कका अध्यक्ष विजयमान सिंह, अधिवक्ता सञ्जय अधिकारीले विदेशबाट मूर्ति स्वेदश फर्काउन सांस्कृतिक अभियन्ता, सम्पदा र समुदायको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आआफ्नो धारणा राखे ।सो अवसरमा ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जन, ज्यापू महागुथिका निर्वतमान अध्यक्ष राजभाई जकमी लगायतले बोलेका थिए।
सो अवसरमा सम्मानित हुनेहरुलाई काठमाडौं महानगरपालिका उपमेयर सुनीता डंगोलले खादा ओढाई र ललितपुर महानगरपालिकका मेयर चिरिबाबु महर्जनले सम्मानपत्र प्रदान गरे।
सो अवसरमा मेयर महर्जनले सम्पदा पुनःनिर्माण र अमूर्त संस्कृतिको निरन्तरतालाई महानगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताए ।
उपमेयर डंगोल संस्कृति, सम्पदा संरक्षणमा गुठीयारहरुसंगै त्यसमा देखापरेका समस्या, कठिनाईको लागि राज्यलाई खबरदारी गर्ने अभियन्ता, कानुन व्यवसायी र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए।
संस्कृति संरक्षणमा मातृभाषाको निकै परिपुरक सम्बन्ध रहेको उल्लेख गर्दै नेवाः समुदायले आफ्ना सन्तानलाई मातृभाषा सिकाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकारले नेवाः समुदायलाई एकता, आपसी समन्वयको भावलाई वृद्धि गर्न यल नेवाः समाजले काम गरिरहेको बताए ।वल्र्ड नेवाः अर्गनाइजेशका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ अध्ययन र कामको सिलसिलसिलामा देशबाहिर रहेका नेवाः समुदायलाई जोड्न अर्गनाइजेसनले काम गर्दै आएको बताए ।
सो अवसरमा नेपालबाट हराएका मूर्तिहरु अमेरिकाबाट फर्काउन महत्त्वपूर्ण योगदान पु¥याउन नेवाः गुथि न्यूयोर्कका अध्यक्ष विजयमान सिंह, अधिवक्ता सञ्जय अधिकारीले विदेशबाट मूर्ति स्वेदश फर्काउन सांस्कृतिक अभियन्ता, सम्पदा र समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै आआफ्नो धारणा राखे ।सो अवसरमा ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जन, ज्यापू महागुथिका निर्वतमान अध्यक्ष राजभाई जकमी लगायतले बोलेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।