
उदयपुर ।
लागु औषधसहित चार जना पक्राउ प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट साउनेतर्फ जाँदै गरेको बा ११ च ९४११ नंम्बरको कारमा सवार ४ जना मानिसहरुको साथबाट ६.७३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ जना मानिसहरुलाई त्रियुगा नगरपालिका वडानं.९ स्थित रातमाटेबाट पक्राउ गरेको हाे । पक्राउ परेका कार चालक जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.२ बस्ने वर्ष ३२ को आसिम जोशी, जिल्ला गोर्खा गोर्खा न.पा.वडा नं.७ बस्ने बर्ष २५ को सबिन गान्दारी मगर, जिल्ला सोलुखुम्बु स्थाई वतन भई हाल जिल्ला भक्तपुर सुर्य बिनायक न.पा. वडा नं.९ बस्ने बर्ष २१ को बरविन खत्री र जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं.११ बस्ने बर्ष २१ को एलिया बलमपाखी मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।