
काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी २ सय ग्राम गाँजासहित तीनजना विदेशी नागरिक पक्राउ परेका छन्। चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट ५ केजी २ सय ग्राम गाँजासहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
यस्तै थाइल्याण्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत लैजाने थाइल्याण्ड घर भएर काठमाडौँमा बस्ने २४ वर्षीया चोनलादा निनचा तुरत र भारत घर भएका ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिक थाइल्याण्डबाट ल्याएको गाँजा भारततर्फ लैजाने भूमिकामा थिए । सो समूहले नेपाल र भारतको बाटो प्रयोग गेरी खाडी मुलुकमा पनि गाँजाको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।