
काठमाडौं ।
स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा तीन बच्चा, तीन वयस्क छन् ।
हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका तस्वीरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ ।
न्युयोर्क प्रहरीका अनुसार पीडितहरूको पहिचान परिवारलाई जानकारी दिएपछि सार्वजनिक गरिनेछ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।