
काठमाडौँ।
तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आगामी बैशक २१ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ। नेपाली सेनाले जङ्गी अड्डामा शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आगामी बैशक २१ गतेदेखि २८ गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा आयोजना हुने जानकारी दिएको हो।
प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी चार प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा सातवटा र दुई अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ ।
खुलातर्फको बिजेताले ६० हजार, उपबिजेताले ३० हजार र तेश्रो हुनेले १६ हजार रुपियाँ प्राप्त गर्ने सेनाले जनाएको छ । त्यस्तै भेट्रान र अन्तर सरकारीविद्याका बिजेताले नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गर्ने बताइएको छ । सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले राष्ट्रिय खेलकुद क्षेत्रको बिकासमा केन्द्रीत रहेर प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
तहगत रुपमा नै प्रभावकारी योजनासहित खेलाडीहरुको दक्षता, शिप र क्षमता अभिवृद्धि गरी उत्कृष्ठ खेलाडी उत्पादन गर्ने दृष्टिकोणका साथ नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुने सेनाले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।