
पर्वत।
कालीगण्डकी नदीमा बगेर एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेर बेपत्ता भएकी हुन्।
बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ ।
उनीसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनीहरु भने सकुशल फर्किएको प्रहरीको भनाइ छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।