
काठमाडौं।
नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका सदस्य सरोज राजोपाध्याय तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका खेलकुद शाखा प्रमुख फिरोज राजोपाध्यायकी माता वीणा राजोपाध्यायको निधन भएको छ । उनको अन्नपूर्ण न्युरो हस्पिटल, मातीघरमा उपचारका क्रममा शनिबार निधन भएको हो ।
उनको निधनप्रति नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले एक शोक विज्ञप्ति जारी माताको निधनप्रति कामना परिवार स्तब्ध र मर्माहत भएको जनाइएको छ ।
‘देहविमुक्त मुक्तात्मालाई भगवान् श्रीमन्नारायणको नित्य कैङ्कर्य प्राप्त होस् भनी भगवान्सँग प्रार्थना गर्दै माताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं’, सचिव सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘मातृवियोगको यस अपूरणीय दुःखद घडीमा शोकाकुल परिवारजनमा व्यक्तिगत र नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।