
सुर्खेत ।
सुर्खेतमा फोर्स गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका-४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।