बाजुरा।
बिकट भनिएको बाजुरामा धेरै संघसंस्थाले काम गरेका थिए र गर्दै पनि छन् ।कतिपय संस्थाका कार्यक्रमसंगै उनीहरले गरेका काम पनि लोप भैसकका छन्। तर कादुरी नामक एक गैह्र सरकारी संस्थाले छोटो समयमा बजुरेलीको मन जित्न सफल भएको छ । बिकासमा जागरुक बाजुरेलीको बिकास साँझेदारीमा सहभागी भई मानवीय आधारभूत आवश्यकतामा आधारित गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै कादुरी संस्था यतिवेला नागरिक स्तरबाट प्रशंशित भएको छ ।
विगत केही वर्ष यता बाजुराको विकट बस्ती गौमुल र हिमाली गाउँपालिका जो बाजुराको सर्वाधिक विकट पालिका हुन्। यिनै पालिकालाई कादुरीले आफ्नो कार्यक्षेत्र बनाएर त्यहाँका नागरिक समक्ष बिकासको पहुँच पु¥याएको छ । यसको ज्वलन्त उदाहरण हो, हिमाली गाउँपालिका वडानं २ नातिखोला लघु जलविद्युत आयोजना । निर्माण थालनी गरेको दुई वर्ष पुग्दानपुग्दै १०० किलोवाटको लघुजल विद्युत् योजना निर्माणकार्य सम्पन्न गरी विद्युत् वालेर स्थानीयलाई हस्तान्तरण गरिसकेको छ ।
हिमाली गाउँपालिकाको साविक विछ्याँ का वडा न. १,२ र ३ लगायत छिमेकी जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकाको वडा ंनं ३ मासपपुर गाउँलाई बिजुली बत्ती बालेर यही वैशाख छ गते एक भव्य समारोहका वीच विद्युत् गृह हस्तान्तरणसँगै सात सय बढी परिवारको गाउँ झिलिमिली पारेको छ । ।कादुरीले साविकको बिछ्याँ गाविसका जनाताको सदियौं देखिको बिजुली बत्ती बाल्ने धोको पूरा गरिदिएको छ। विजुलीको पहुंच पुगेसंगै बिछ्याँवासी झरो दियालोबाट मुक्त भएका छन् ।

मानव सूचाङ्कमा ७७ औं स्थानमा रहेको बाजुराको भौतिक संरचना विकासमा विशेषगरी विकासको पहुंचमा नपुगेका दुर्गमका नागरिकलाई लक्षित गरी निर्माण गरिएको उक्त योजना यही वैशाख छ गते स्थानीयलाई हस्तान्तरण गरेको हो । नेपाल विद्युत् प्राधिकरणको भर परे कम्तीमा वीस वर्ष कुर्नुपथ्र्यो । तर, कादुरी संस्थाले डेडवर्षमै साविको विच्छ्या झिलिमिली पारिदियो हिमाली गाउँ पािलकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भने ।
कुल लागत १४ करोड ३१ लाख १० हजार तीन सय बाह्र रुपैंया २० पैंशामा उक्त योजना सम्पन्न भयो । १३ करोड ५६ लाख ५४ हजार तीन सय १२ रुपैंया कादुरी संस्थाले लगानी गरेको छ भने ७४ लाख ५६ हजार रुपैंया स्थानीय जनताको जनश्रमदान गरेका हुन् । कयौ सरकारी योजना अलपत्रपपरेको अवस्थामा उक्तसंस्थाले आफ्नो प्रतिबद्धता अनुसार समय सीमा दुई महिना अगावै कार्य सम्पन्न गरी हामीलाई उज्यालो दियो हामीले कादुरी संस्थाको सम्मामन स्वरुप स्थानीय घरबुना लिउ दियौं अध्यक्ष मल्लले भने ।
उपहार दिनुको कारण सहयोगी दाताको सम्मान हो, यो हाम्रो संस्कारमा पर्छ । तर लिउनै दिनुको अर्थ छ , हिमालीमा विजुलीबत्ती पुग्यो । अब यहाँको स्थानीय उत्पादनलाई प्रवर्धन गरी व्यावसायिक बन्न अभिप्रेरित गछौं । हामीसंग तमाम वनक्षेत्र चरिचरन छ । जल, जंगल र तमाम जडिबुटी छ । , हजारौं चौंरी, भेडा बाख्रा पाल्न सक्ने बनक्षेत्र छ । एक गाउँमा एक जनाले सय भेडा पालन गर्ने योजना छ। प्रति गाउँमा भेडापालन गर्दा कम्तीमा तिस हजार भेडा एक वर्षमा हुर्कान सकिन्छ । भेडा बोकाको सुकुटीसंगैं उत्पादित उनलाई प्रशोधन गरी विभिन्न घरबुना कपाडा बनाउन सकिन्छ । भेडाको जुतीगेडाबाट मल निकाल्ने र सुद्ध प्राङ्गगरिक मल प्याकेटिङ्ग गरी देशभर बजारकिरण गर्न सक्छौं । विद्युतीय प्रविधिले स्थानीयको जीवनस्तर माथि उकास्न ठूलो मद्दत पुग्ने हुँदा लिउनै उपहार दिएका हों अध्यक्ष मल्लको भनाई छ।
हिमाली गाउँपालिकाको पहल र कादुरीको आर्थिक प्राविधिक सहयोगमा हिमालीका १, २ र ३ वडाका ६ सय ८२ परिवार अर्थात ३ हजार ८ सय ६७ जनसंख्या लाभाम्वित भएका छन् । वडा नम्बर पाँच स्थित क्युडी गाउँका १ सय २० परिवारका घरमा भने दशैसम्म बिजुली बाल्ने तयारी छ । योजनाको दीगोपनाको लागि स्थानीयबाट २५ लाख रुपैंया संकलन गरी मर्मत सम्हार कोष पनि खडागरि दिएका छौं, संरचनको संरक्षण गर्ने जिम्मा अव उपभोक्ताहरुको हो । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङले भने । हामी जति दुर्गम भयो त्यति काम गर्न रुचाउँछौं हाम्रो कामले नागरिकले राहात पाएको महसुस भएको छ, हामी खुसी छौं निर्देशक गुरुङको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।