काठमाडौँ।
काठमाडौंको मुटुमा रहेको राष्ट्रिय सभागृह आज बिहानैदेखि दुलही झै सजिएको छ । राष्ट्रिय सभाको मूलद्धारबाट प्रवेश गर्नासाथै आगन्तुकको पर्र्खाईमा स्वागतका लागि आतुर भएझै देखिन्थ्यो । यहाँ आज कुनै नयाँ दुलाह, दुलही भित्रदै छन भन्ने भान हुन्थ्यो । बाजागाजासहित बिहानै ठूलो समूहमा ब्यानर बोकेका, चिक्कि परेका युवा, युवती, प्रौढहरुको लर्को विशेष कार्यक्रमका साथ खुसी मुद्रामा भित्रिन्छन् ।

त्यहाँ भित्रने सबैको अनुहारमा खुसी छाएको देखिन्थ्यो । अधिकांशले लामो समयपछि भेट भएको झै गरी एक अर्कालाई अंकमाल गर्ने र व्यक्तिगत विषयमा सोधखोज गर्ने र लह आजको विशेष दिनमा तपाईको विशेष भूमिका हुनुपर्छ भनिरहेका थिए ।

राष्ट्रिय सभागृह यसरी सजिनुको प्रमुख कारण लायन्स क्लव ३२५ जी को तेस्रो अधिवेशन हुदै गरेकाले रहेछ । अधिवेशनका लागि सबैले आ-आफ्नो भूमिका निर्वाह गरेर विहान सबेरै हनुमानढोका स्थित कालभैरवबाट प्रभातफेरि शुरु गरिएको थियो । प्रभातफेरिमा विभिन्न कला संस्कृति झल्कने झाकीहरु थिए । जसमा नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पञ्चेबाजा, ढोलक, भक्तपुरको प्रख्यात नासाहेमा बाजाखलको बाँजा, नृत्य, बाँसुरी, नेवारी कला संस्कृति, पञ्चेबाजा, कर्ताल, महिला पुरुष दुबैले बजाएका थिए । राष्ट्रिय सभागृहको बगैँचा, भित्ता, पर्खाल, पार्किङ्ग लगायतका सबै ठाउँमा लायन्सको व्यानर, उमेदवारको फोटा टागिएका व्यानर लगायतले ढाकिएको छ ।

सामाजिक कार्यका लागि विश्वमानै उच्च स्थान ओगट्न सफल लायन्स क्लबको अधिवेशनले नयाँ पदाधिकारी पाउँने भएकै कारण अझ बढी चहलपहल देखिन्थ्यो । सामाजिक संस्था भएकै कारण कार्यक्रममा प्रमुख अतिथि पनि राजनैतिक दलका नेता नभएर नेपालमा ओसो तपो वनका संस्थापक स्वामी आनन्द अरुण थिए ।
आनन्द अरुणले कार्यक्रमको उद्घाटन गर्दै विश्व व्यापी रुपमा लायन्सले मानव कल्याणका लागि गरेको सामाजिक सेवा तथा स्वास्थ्य सेवा अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । उनले लायन्सले आँखा उपचारलाई पहिलो प्राथमिकतामा राखी देश, विदेशमा समेत निकै राम्रो सेवा गरेकोछ । त्यसैगरि दोस्रो प्राथमिकतामा मधुमेह परिक्षणलाई राखेको छ । अब विश्व व्यापी रुपमा लायन्सले मानसिक स्वास्थ्यका बारेमा प्राथमिकतामा राखी परिक्षण गर्ने बेला भएको छ । विश्वमा मानसिक रोग बढ्दो क्रममा छ । अमेरिकाको एक अध्ययनमा उल्लेख गरे अनुसार अमेरिकामा मात्र ३० लाख युवा पुस्ता मानसिक रोगी भएको देखाएकोछ । यीनै अनुसन्धानात्मक आधारलाई ध्यानमा राखी लायन्सले नेपालमा पनि मानसिक समस्या के हो र कसरी उपचार गर्ने भन्ने विषयमा जनचेतना मूलक कार्यक्रम र उपचारमा जोड दिनुपर्ने बेला आएको कुरा औँल्याए ।

उनले विश्व स्वास्थ्य संगठनका अनुसार आउने २५ बर्ष भित्र विश्वमा २० प्रतिशत मानिसले आत्महत्या गर्छन । मानसिक स्वास्थ्य नै राम्रो भएन भने जतिसुकै पैसा भएपनि के गर्ने ? नेपालमै अहिले कुनै न कुनै पेशा, व्यवसायमा संलग्न ८० प्रतिशत मानिस राती निन्द्रा लाग्दैन भन्छन् । यो राम्रो संकेत हैन, त्यसैले लायन्स क्लवले मानसिक स्वास्थ्यमा नयाँ कार्यक्रम ल्याओस् भने ।
स्वामी आनन्दले भने—त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालले सन् २०२४ मा ओसो तपोवनमा १५ दिन ध्यानमा बस्न आएका व्यक्तिमा ध्यान गर्नु अघि र ध्यानबाट बाहिर आएपछिको अवस्थाको अनुसन्धान गर्यो । अनुसन्धानमा ध्यानमा बस्नु अघि र पछिको परिक्षणमा ९७ प्रतिशतले निन्द्रा लाग्ने औषधि खानुनपर्ने भएको पाईएको थियो । योग र ध्यानको ज्ञान नेपालमै जन्मिएको हो । नेपाललीहरुको परम्परागत खानपान, दैनिकी निकै महत्त्वपूर्ण भएको विश्वले पछ्याउँदै गरेको अवस्था छ । नेपाललाई योग, ध्यान केन्द्रको विस्तार गरि जडिबुटी र परम्परागत खानपान, उत्पादनमा जोड दिनुपर्छ । युरोप, अमेरिकामा पैसा छ अनुहारमा खुसी छैन । नेपालीहरुमा खुशी छ भने ।

उनले प्रविधिले मानिसलाई अल्छी बनायो । नेपालमा १२ देखि १५ प्रकारका नृत्य छन् । भजन, गीत, पाठ नेपालीको सम्पदा र संस्कृति हो । जस्ले यो नियमित प्रयोग गर्छ उ वास्तवमै स्वस्थ हुन्छ । नेपाललाई योग र ध्यानको क्यापिटल बनाउँन सकिन्छ । ऐतिहासिक रुपमा नेपाल ध्यान भूमिहो । यदि मानव भएर जन्मिएर आफ्नो लागि मात्र गर्नुभएकोछ भने तपाई २ खुट्टे जनावर नै हो भने ।
कार्यक्रममा नेदरल्याण्ड लायन्सको बोर्ड ट्रष्टि एलिजावेथ हेडरले मलाई नेपालको लायन्सले धेरैपटक बोलाउँछ । म विशेष उदेश्य लिएर मात्र नेपाल आउने गरेकोछु । यसपटक पनि नेपाल आउँदा १६ मुलुकका १६ जना महिला सहित आएको छु । नेपालमा विद्यालय बनाउँने उद्देश्यले आएको र सगरमाथाको वेसक्याप्प सम्म यात्रा पुरा गरिसक्यौ । हाम्रो उदेश्य राम्रो विद्यालय बनाउँने रहेकोछ । नेपाल धेरै राम्रो देश हो । जतिसुकै दुःख भएपनि नेपालीहरुको अनुहारमा खुसी देख्दा यात्राको थकान पनि मेटिन्छ । प्राकृतिक रुपमा नेपाल अत्यन्तै सन्दर छ । हामी लायन्स क्लवसँग मिलेर धेरै काम गर्न सक्छौं भने ।
उद्घाटन सत्रमा वाचनकवि दिनबन्धु पोखरेलले विश्व सामु नेपाल चिनाउँन, योग, ध्यान, बुद्धको देशका रुपमा सकिन्छ । जीवन उपयोगी कामका लागि आधाघण्टा छुट्याउँ । धार्मिक पर्यटनको विकास गरौं र देशलाई समुन्नत बनाऊँ भने ।

कार्यक्रममा लायन्स ३२५ जीका डिस्ट्रिक्ट गभर्नर डा.कमल बहादुर कायस्थले लायन्स क्लबका माध्यमबाट सामाजिक क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, विपद व्यवस्थापन लगायतका क्षेत्रमा धेरै काम भएको बताए । कार्यक्रममा लायन्सका संजय खेतान, खगेन्द्र सिटौला लगायतले अधिवेशनमा सुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथिले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

लायन्सको बन्द सत्र र निर्वाचन प्रक्रिया अघि बढ्दैछ । डिस्ट्रिक्ट गभर्नर निर्विरोध हुने र केही पदमा निर्वाचन प्रक्रियामा जाने अवस्था रहेको आयोजकले जनाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।