
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाइ आज पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदैछ ।
यसअघि अदालतले दिएको ३ दिनको म्याद आज सकिने भए पछि म्याद थपका लागि मिश्रलाइ आज अदालतमा लगिन लागेको हो ।
जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका मिश्र थुनामा परेको आज भोली एक महिना पुग्दैँछ ।
गत चैत १५ गते काठमाडौं, तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा मिश्रलगायतका सयौं पक्राउ परेका थिए ।
उनी सँगै चैत १५ गते राती पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा भने ‘क्यान्सर बिरामी’ भएकाले गत हप्ता नै छुटिसकेका छन । हाल दिल्लीमा उपचाररत राणा आज स्वदेश फर्कदैछन् ।
यसअघि गरिएको ३ दिनको म्याद थप सकिए सँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा मिश्रलाई उपस्थित गराउन लागिएको हो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।