रौतहट ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले सीमा सुरक्षा र समस्याहरुबाट राहत र उद्धार कार्य गरिएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले आफनो स्थापनाको १८ औ बार्षिक अबसरमा आर्थीक बर्ष ०८१-०८२ मा गरेको कार्य बिबरण सार्वजनिक गर्दै बाढी तथा डुबान, आगलागी तथा सवारी दुर्घटना लगायतका १ सय ६६ घटनामा ९ सय १७ जनशक्ति परिचालन गरी उद्धार र राहतमा सहयोग पुरयाएको जनाएको छ ।

प्राकृति बिपतिका अलावा भारतसँग खुल्ला सीमा जोडिएको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमाको सुरक्षालाई मजबुत बनाउन भारतीय एसएसबीसंग दुई पक्षिय समन्वयात्मक बैठक ६ पटक संचालन गर्नुको साथै १ सय ३८ पटक संयुक्त सीमा गस्ती गरिएको जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतले अन्तर्राष्ट्रिय सीमा ईलाकाको दशगजा ईलाकामा हुन सक्ने सम्भावित सीमा अतिक्रमण कार्यलाई रोक्न तथा सीमा सरसफाइ अभियानमा दशगजा क्षेत्रमा भएको ९ वटा स्थानको अतिक्रमण हटाइएको छ । सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत एक वटा शौचालय निर्माण, ३ वटा चापाकल निर्माण, १ वटा सार्वजनिक चौतारा निर्माण गरिएको जनाइएको छ ।
यस आर्थीक बर्षमा अवैध हतियार बोक्ने पाँच जना पक्राउ, चार नाल पेस्तोल सोमा लाग्ने १० राउन्ड गोली बरामद गरेको जनाएको छ । यस्तै ०८१-०८२ को बैशाख १३ गते सम्म ४ करोड ५१ लाख, ६५ लाख ७ सय ७४ बराबरको अवैध सामग्री बरामद गरी राजश्व अनुसन्धान कार्यालय र भन्सार कार्यालय बुझाएको, अवैध सामान ओसार पसारमा प्रयोग भएका १ सय ४३ वटा सवारी साधन र विभिन्न आपराधिक गतिविधि र घटनामा संलग्न १८ जना पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर हजमिनियाँ रौतहटमा आईतवार आयोजित कार्यक्रमको समुदघाटन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुर्यप्रसाद शेन वलीले फौजी संगठनको जग भनेको संगठनमा आबद्ध, अनुशासित, दक्ष एवम् पेशागत जनशक्ति नै रहेको बताउदै कर्तब्यपरायण ईमान्दारिता सेबाभाबले प्रेरित राष्ट्र सेवकहरूले कार्यक्षेत्रमा प्रस्तुत गर्ने उच्चकोटीको अनुशासित ब्यबसायिक सिप र कौशल बाटनै संगठनको प्रतिष्ठा र राष्ट्रको गौरव अभिबृध्दि हुने बताए ।
मन, वचन र कर्मले दायित्वबोध गरेर पूर्ण इमान्दारीका साथ पालन गर्दै सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, पिलरहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पूर्ण रुपमा निष्तेज पार्न सशस्त्र प्रहरीको भूमिका रहँदै आएको उनले बताए । उक्त कार्यक्रममा रक्तदान गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु, खेलकुद कार्यक्रममा बिजयी खेलाडीहरु, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु तथा कार्यालयहरुलाई प्रशंसा पत्र तथा सशस्त्र प्रहरी बल नेपालका ईकाईहरुलाई सहयोग गर्ने संघ संस्थालाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।