
जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको तथा अन्तरराष्ट्रीय धादिङ समाज को सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
प्रदेश स्तरीय प्रतियोगिता २०८२ बैशाख २५ देखी २७ गतेसम्म धादिङ वेशी को कवर्ड हलमा संचालन हुनेछ । प्रदेश भरिबाट १२०० खेलाडीहरुले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ ।
प्रतियोगिताको विजयी टिमलाई १ लाख उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने उतकृष्ट महिला र पुरुष खेलाडी लाइ नगद रु १०/१० हजार पुरस्कार दिइने जानकारी जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारी ले जानकारी दिए, उक्त प्रतियोगिता को उत्कृष्ट महिला खेलाडिले Heartland Academy Centre For Women बाफल कक्षा ११ र १२ फुल स्कलरसिप मा अध्यन को अवसर प्राप्त गर्नछ जेहेन्दार २ महिला खेलाडी लाइ ७५% छुट र अन्य ५ जना महिला खेलाडी हरुलाइ ५० प्रतिशत छुटमा Heartland Academy Centre For Women बाफलमा अध्यन को अवसर प्रधान गरिनेछ खेलवधीभर सम्पुर्ण खेलाडीलाइ आयोजक कमिटीले बिहान र बेलुकी खाना को व्यवस्था गरिएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।