काठमाडौँ।
६ हजार १ सय मिटर उचाईको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याले सम्मान गरेका छन् ।
आइतबार प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जवान जंगमलाई सम्मान तथा बधाई दिंदै सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिंदै आइरहेको र मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्धार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम संचालन गरिरहेको बताए ।

सशस्त्र प्रहरी जवान जंगमले बैशाख १४ गते विहान ७ बजेर १२ मिनेटको समयमा लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । उनी लोबुचे हिमाल आरोहणका लागि यही बैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
यो सँगै जंगम सशस्त्र प्रहरी बल नेपालमा हिमाल आरोहण गर्ने दोस्रो व्यक्ति भएका छन् । यसअघि सशस्त्र प्रहरी निरीक्षक सुरज पौडलले सगरमाथा आरोहण गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।