
ओखलढुंगा ।
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका कृषकहरुलाई विभिन्न कृषि सामाग्रीहरु वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का कृषि समूहका कृषकहरु र फर्म सञ्चालक कृषकहरुलाई विभिन्न कृषि सामाग्री वितरण गरिएको हो । प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सङ्घीय सरकारको शर्सत अनुदान, नगरपालिका र कृषकहरुको लागत साझेदारीमा १२ लाख ७५ हजार रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरिएको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाले छनौट गरेको तरकारी पकेट क्षेत्रका कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का अध्यक्ष फुर्वा शेर्पाले बताएका छन् । नगरपालिकाले वडामा रहेका डाँफे कृषि समूह र खोरिया कृषि समुहका सदस्यहरु र कृषि फर्म सञ्चालकहरुलाई कृषि सामाग्रीहरु हस्तान्तरण गरेको अध्यक्ष शेर्पाको भनाई रहेको छ ।
नगरपालिकाले कृषकहरुलाई प्लाष्टिक टनेल, हिलट्याङ्क, सिंचाई पाईप, क्रेट लगाएतको कृषि सामाग्रीहरुको साथमा विभिन्न जातका तरकारीहरुको बिउ वितरण गरेको अध्यक्ष शेर्पाले बताएका छन् ।
नगरपालिकाले डाफे कृषक समूहका किसानहरुलाई १८ थान, खोरिया कृषक समूहका किसानहरुलाई ३१ र ६ जना फर्म सञ्चालक कृषकहरुलाई गरी ५५ थान प्लास्टिक टनेल वितरण गरिएको सोलुदुधकुण्ड नगरपालिकाको कृषि शाखा प्रमुख डोल्मा शेर्पाले बताएका छन् । उनका अनुसार २६ थान हिलट्याङ्क कृषकहरुलाई वितरण गरिएको छ । जस मध्य १८ थान हिलट्याङ्क डाफे कृषक समुहका सदस्यहरुका लागी, ६ थान हिलट्याङ्क खोरिया कृषक समूहका सदस्यहरुका लागी र २ थान फर्म सञ्चालक कृषकहरुलाई वितरण गरिएको छ ।
नगरपालिकाले चालु आर्थिक बर्ष २०८१-०८२ को निति तथा कार्यक्रम अनुसार तरकारी पकेट बिकास कार्यक्रम सञ्चालनको लागी विभिन्न जातका तरकारकिो बिउबिजन समेत वितरण गरिएको कृषि शाखा प्रमुख शेर्पाको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।