
काठमाडाैं ।
लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ ई को तेश्रो बार्षिक अधिवेशन भब्य र सब्य रुपमा सम्पन्न भएको छ।
यस अधिवेशनबाट लायन वर्ष २०२५र२६ का लागि डिष्ट्रक गभर्नर मा लायन हिरा प्रसाद गुप्ता , प्रथम भाईस डिष्ट्रिक गभर्नरमा लायन श्याम कुमार यादव, द्वितीय भाईस डिष्ट्रिक गभर्नरमा लायन बिमल कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडाैंको बेस्ट वेस्टर्न प्लस होटलमा सम्मान अधिवेशनमा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतले वर्ष भरिको कामहरुको वारेमा प्रकाश पारे । डिस्ट्रिक्टको महत्वपूर्ण कामहरु सम्पन्न गर्न सहयोग गर्ने लायन सदस्यहरुलाई सम्मान पनि गरे ।
लायन्स अन्तर्राष्ट्रीयका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता र पूर्व निर्देशक लायन संजय खेतान को विशेष आतिथ्यतामा सम्पन्न डिस्ट्रिक्ट अधिवेशनमा क़रीब ५०० लायन सदस्यहरुको सहभागिता रहेको थियो ।
पूर्व राजदूत महेश दाहाल विषेश वक्ता रहेको उक्त कार्यक्रममा सेक्रेटरी लायन अमर बहादुर कुँवर र ट्रेजरर लायन प्रमोद घिमिरेले आफ्नो वार्षिक प्रतिवेदन पेश गरे।
प्रमुख अतिथि अन्तर्राष्ट्रीय निर्देशक लायन बालकृष्ण बुर्लाकोटी ज्यूले डिस्ट्रिक्ट ३२५ ई नेपालमा मात्रै नभएर विश्वमा नै उत्कृष्ट डिस्ट्रिक्टको रुपमा रहेको बताए। डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेत ज्यूको कुशल नेतृत्वमा सेवा, सदस्यता बृद्धि, योगदानमा अब्बल रहेको कुरा राखे।
डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको अध्यक्षता र सेक्रेटरी लायन अमर कुंवरको संचालन गरेको भव्य र सभ्य कार्यक्रममा अन्य बिषिश्ट अतिथिहरुको उपस्थिति रहेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।