
सिरह ।
सिरहामा निजि बिद्यालयका शिक्षकको कुटाइबाट एकजना विद्यार्थी घाइते भएका छन् । जिल्लाको गोलबजार नगरपालिका ७ चोहर्वा स्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले गरेको निर्घात कुटपिटबाट कक्षा ८ मा अध्यनरत नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाश यादव घाइते भएका हुन् । शिक्षक गुप्ताले मरनासन्न हुनेगरी अभिनाशलाई कुटपिट गरेका हुन्।
कक्षाकोठामा पढाईरहेका शिक्षक गुप्ताले छात्र अभिनाशलाई विनाकारण अर्को कोठामा लागि रुममा थुनेर बाँसको लाठीले निर्घात कुटपिट गरेको परिवारजनले जनाएको छ।
उनको शरीरको अधिकांश भागमा चोट लागेको छ। कुटपिटबाट घाइते भएका विद्यार्थीको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले जनाए।
उनले भने, ´विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक सन्तोष गुप्तालाई हामिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। कुटपीटमा संलगन शिक्षकमाथि कानुन बमोजिम कारबाही गरिने जनाए।´
अस्पतालले अहिले प्रारम्भिक चरणको उपचार भइरहेको जनाएको छ।
कुटपिट गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थीका अभिभावकले शिक्षकमाथी इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको जनाइएको छ।
-मुकेश कुमार यादव
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।