
काठमाडौँ।
पोखरास्थित फेवातालमा बोटिङ्ग गर्ने क्रममा हावाहुरीका कारण फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार दिउँसो करिब ४:४५ बजे लेकसाइड क्षेत्रमा अचानक आएको हावाहुरीसँगै उठेको छालले काठको डुङ्गामा सयर गरिरहेका दुई जनालाई तालको बिचमै अलपत्र पारेको थियो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मण गुरुङ र विजय गुरुङ फेवातालमा बोटिङ गर्दै गर्दा घटनामा परेका थिए।
उनीहरूको उद्धार सशस्त्र प्रहरी बल नेपाल, नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले मोटर बोटको सहयोगमा गरेको हो । टोलीले फेवाताल रेस्क्यू टावरबाट उद्धार कार्य सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले हाल हावाहुरीको मौसम रहेकाले विशेषगरी साँझपख तालमा बोटिङ गर्दा अत्यधिक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।