
काठमाडौँ।
प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्रउ गरेको छ। जिल्ला प्रहरी परिसरको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
तिनकुने घटनामा बस्नेतको संलग्नता देखिएपछि प्रहरीले खोजी गरिरहेको थियो।
उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान हुने जनाइएको छ।
गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलनमा दुईजनाको ज्यान गएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।