
मुगु
छैटौँ जुम्ला रारा अल्ट्रा म्याराथनमा कर्णाली खेलकुद क्लबका दलबहादुर कुँवर र कल्पना बुढा पहिलो भएका छन् ।
तातोपानी गाउँपालिका ७ का २३ वर्षीय कुँवरले ५१ किलोमिटर दूरी ५ घण्टा ५३ मिनेट ५७ सेकेन्डमा पार गरेका थिए । गत पाँचौँ संस्करणमा पनि उनी पहिलो भएका थिए । महिलातर्फ बुढाले निर्धारित दूरी ७ घण्टा ५१ मिनेट ३१ सेकेन्डमा पार गरेकी थिइन् ।
पुरुषतर्फ नेपाली सेनाका सुबेदार होमलाल श्रेष्ठ दोस्रो र कर्णाली खेलकुद क्लबका सोमबहादुर रावत तेस्रो भए । ४२ वर्षीय श्रेष्ठले ६ घण्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पार गरे । रावतले ६ घण्टा १० मिनेट ०४ सेकेन्डमा पार गरे ।
महिलातर्फ उपविजेता जुम्लाकै २० वर्षीय राज्यलक्ष्मी रावल भइन् । उनले ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड उक्त दूरी पूरा गरिन् । ८ घण्टा ४६ मिनेट २ सेकेन्ड लगाउँदै सन्दिपा बुढा तेस्रो भइन् ।
पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । चौथो हुने धावकलाई ३५ हजार पुरस्कार दिइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।