काठमाडौँ।
आफ्नो जन्मदिनको अवसरमा नेपाल समाचारपत्र दैनिकका कर्मचारी एवं युनिक स्पोर्ट युबा क्लबका सल्लाकार रङ्ग कामीले द रोलिङ स्टोन्स स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। मंगलबार मरु भीमसनथान स्थित द रोलिङ स्टोन्स स्कुलमा एक कार्यक्रमको आयोजना गरी उनले विद्यालयका करिब ३०० जना विधार्थीलाई पेन्सिल वितरण गरेका हुन्।
सामाजिक कार्यमा सक्रिय रहेका उनले यसअघि सपोर्ट क्लबलाई 100 वटा टिसर्ट र खेलकुदका लागि जग्गा दान गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक शिक्षिकाको उपस्थिति थियो।
उक्त विद्यालयमा ६ सय ६५ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।