२४ असोज , एजेन्सी – २० साता भन्दा पछाडि कुनै पनि बच्चा गर्भपतन गर्न नपाउने नियममाथी कांग्रेसले मतदान गरेको छ । रिपब्लिकन संसादले गरेको रिटमाथि सांसदहरूले मतदान गरेका हुन । २० साता भन्दा पछाडिका कुनै पनि हालातमा गर्भपतन गराउन नपाउने नियम ‘पेन क्यापेवल अनवान्ट चाइल्ड प्रोटेक्शन एक्ट’ माथी भएको मतदानमा कांग्रेसका २३७ सांसदले मतदान गरेका थिए भने यसको बिरोधमा रहेका डेमोक्रयाटका १८९ सांसदहरूले मतदान गरेका थिए ।
२० सातापछि बच्चाले दुखाइ महसुस गर्ने हुँदा यो नियम ल्याइएको रिपब्लीकन पार्टीले बताउँदै आएको छ भने डेमोक्रयाट पार्टीका नेता तथा कार्यकर्ताहरुले यसको बिरोध गर्दै ‘महिलाले चाहेको खण्डमा जतिसुकै बेला गर्भपतन गराउन पाउनु पर्ने’ बताउदै बिरोध गरेका छन् । ‘यो महिला अधिकारमाथीको ठुलो आक्रमण’ बताउदै डेमोक्रयाट पार्टीका नेताहरुले बताएका छन् ।
संसादबाट पास भएर आएका ह्वाइट हाउसले यसलाई मंजुरी दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले बताईसकेका छन् । नयाँ कानुन अनुसार २० साता भन्दा पछाडि गर्भ पतन गराउने डाक्टर लगायत संलग्न सबैलाई अपराधिक क्रियाकलापमा मुद्दा चलाइने छ । नयाँ कानुन अनुसार दोषीलाई ५ वर्ष सम्म जेल सजाय पनि हुन सक्ने बताइएको छ ।