
सप्तरी ।
चट्याङ लागेर सप्तरीमा एक जना बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत उत्तरप्रदेश जिल्ला सामली केरना-८१ घर भई हाल सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका(१४ बस्ने सात वर्षीया जेनव खातुन रहेकी छिन्।
शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। चट्याङ लागेर अर्का सात वर्षीय बालक जुविर खान घाइते रहेका छन्। मृतक र घाइतेका बुवाआमा सप्तकोशी नदीको बगरमा अस्थायी टहरा हालेर बसिरहेका थिए।
घाइते बालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।