
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले न्यायालयप्रतिको जनविश्वास क्रमशः कमजोर हुँदै गएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्तमान गृहमन्त्रीले न्यायाधीश सिफारिसमा हस्तक्षेप गरेको आरोप लगाए ।
उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको भनाइ उद्धृत गर्दै भने, “केही महिनाअघि सुशीला कार्कीले खुलासा गर्नुभयो कि नेपाली कांग्रेसका गृहमन्त्रीले न्यायाधीश सिफारिसमा आफ्नो पार्टीका व्यक्तिलाई समावेश नगरे गाह्रो हुने भन्दै दबाब दिनुभएको थियो ।”
उनले अगाडि भने, “न्यायालयले राजनीतिक संरक्षण र प्रभावलाई प्रश्रय दिएको कारण जनताको विश्वास गुमाउँदै गएको छ ।”
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।