
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । उनको कार्यालयले आइतबार जारी विज्ञप्तिमा क्यान्सर हड्डीसम्म फैलिएको जनाएको छ । ८२ वर्षीय बाइडेनमा युरिनसम्बन्धी लक्षण देखिएपछि गत हप्ता परीक्षण गरिएको थियो, जसले शुक्रवार क्यान्सर पुष्टि गरेको हो ।
चिकित्सकका अनुसार, यो ‘हाई ग्रेड’ र ‘हर्मोन–सेन्सेटिभ’ क्यान्सर हो, जसको अर्थ औषधीय उपचारद्वारा नियन्त्रण सम्भव छ । तर, यो आक्रामक रूपमा फैलिन सक्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।