
उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा रहेको नगर अस्पतालमा सर्पदंश सम्बन्धी उपचार गर्नका लागि सम्बन्धित निकायबाट अनुमति प्राप्त भएको छ ।
चौदण्डीगढी नपाको विभिन्न वडामा गर्मीका समयमा सर्पदंशका कारण धेरैले ज्यान गुमाउनु परेको र यसको उपचारकालागि बेलका नपामा रहेका सर्पदंश उपभार केन्द्र, गाईघाटको भुल्केस्थित नेपाली सेनाको १८ नं बाहिनी कि त इटहरीस्थित पूर्वि र्पतना हेडक्वाटर, सिराहाको चोहर्वास्थित नेपाली सेनाको व्यारेकमा जानु पर्ने अवस्था रहेको थियो । यहाँ सर्पदंशको उपचार हुने भएपछि स्थानीयहरु खुसी भएका छन् ।
चौदण्डीगढी नपाका स्वास्थ्य शाखाका अधिकृत हिमालय पौडेलले सर्पदंश उपचारकालागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्रमाणपत्र प्राप्त गरेको तर उपचार प्रारम्भ नभउको र केही दिन भित्रमा सर्पदंशको सपचार सुरु हुने बताए ।
चौदण्डीगढी नपा वडा नं ६ का वडाध्यक्ष अम्बर बहादुर खड्काले नगर अस्पतालले सर्पदंशको उपचार गर्न अनुमति पाएको तर उपचार प्रारम्भ हुन बाँकी रहेको जानकारी दिँदै सर्पदंशका बिरामीहरुलाई उपचारकालागि धरान, इटहरी, विराटनगर, गाईघाट लगायतका ठाउँमा लैजानु पर्ने बाध्यता रहेको र अब आफ्नै ठाउँमा उपचार हुने भएपछि स्थानीयहरु खुसी भएको बताए ।
चौदण्डीगढी नपाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महेशाखाले नगरपालिकाको नगर अस्पतालमा यो उपचार सेवा संचालन गर्न २०८२जेष्ठ ४ गतेदेखि २०८६ जेष्ठ ३ गते सम्मकालागि सर्पदंश उपचार संचालन गर्न अनुमति दिएको प्रमाणपत्र प्राप्त भएको जनाएको छ ।
गर्मीको समयमा विषालु सर्पहरु जमिन मुनीबाट निस्कने गरेको र घर गोठ तथा खेतबारीमा, करेसाबारीमा जाँदा मानिसलाई डसेर सबरामी बनाउने गरेको र उपचारकालागि टाढा जानु पर्दा बिरामीको ज्यान जाने अवस्था आएपछि बेल्टारस्थित आधारभूत नगर अस्पतालमा सर्पदंश उपचारसेवा संचालनका लागि अनुमति मागिएको स्वास्थ्य शाखाले जनाएको छ ।
हाल चौदण्डीगढी नगर अस्पतालमा तीन जना एमबिबिएस डाक्टरहरु नियुक्ति गरेर स्थानीय जनतालाई चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको र अब केही दिनमा विषालु सर्पको टोकाइृको विष मार्ने औषधी तथा एन्टी भेनम ल्याएर उपचार सेवा सुरु गरिने ६ नं वडाध्यक्ष खड्काले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।