
काठमाडौँ।
जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा शुक्रबार साँझ भएको एक चक्कु आक्रमणमा कम्तीमा १७ जना घाइते भएका छन्। घटनास्थल ह्याम्बर्गको मुख्य रेलवे स्टेशन हो, जहाँ आक्रमण स्थानीय समय अनुसार साँझ ६ बजे तिर भएको बताइएको छ।
हमलापछि सुरक्षाकर्मीले तुरुन्तै कारबाही गर्दै एक ३९ वर्षीया जर्मन महिलालाई घटनास्थलबाटै पक्राउ गरेका छन् । प्रारम्भिक अनुसन्धान अनुसार ती महिलाले एक्लै हमला गरेकी हुन् र उनको कार्यको पछाडि कुनै राजनीतिक उद्देश्य नरहेको प्रहरीको भनाइ छ।
ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले पुष्टि गरेको विवरण अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र ज्यान जोखिममा परेको आशंका गरिएको छ। प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथका अनुसार, हमलाकारी मानसिक समस्याबाट ग्रसित हुन सक्ने आशंका गरिएको छ।
सामाजिक सञ्जाल X मा गरिएको प्रहरीको पोस्टमा पनि घटनामा धेरै मानिसहरू घाइते भएको र स्थिति नियन्त्रणमा ल्याइएको जनाइएको छ।
अहिलेसम्म हमलाको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन। अनुसन्धान जारी छ। -बीबीसीबाट
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।