
धादिङ ।
धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्यागंखोला पुलमा क्षती पुगेकोले महादेवबेशी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।
जुगें खोला नजिकै सोप्यागंखोला पुलमा नयाँ पुल निर्माण गर्ने क्रममा भएको कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलको पर्खालमा क्षति पुगेको थियो । त्यसैगले आज बिहान १० बजेदेखि महादेवबेशी–काठमाडौं सडकखण्ड दुबै तर्फ पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पुल निर्माणको क्रममा उत्पन्न भाइब्रेसनका कारण पुरानो संरचना कमजोर बनेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो। अब निर्माण कार्य र अवस्थाको मूल्याङ्कनपछि थप सूचना सार्वजनिक गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।
यसैबीच, साना चारपाङ्ग्रे सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। ती सवारी साधनहरूलाई गल्छी हुँदै नुवाकोटको बाटो भएर काठमाडौंतर्फ पठाउने व्यवस्था मिलाइएको थाक्रे गाउँपालिकाले जानकारी दिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।