
काठमाडौंं
बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गए राति चोरी भएको खबर छ । राति पीपीई र मास्क लगाएको चोरले रिसार्टमा राखिएको ३३५ तोलाबराबरका चाँदीका भाँडाकुँडा, ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पटक–पटक चोरी हुँदै आएको छ । प्रहरीका अनुसार यसअघि पनि रिसोर्टका ४ वटा कोठामा चोरी भएको थियो ।
उक्त रिसोर्टको कोठा नम्बर ९०२ ,कोठा नम्बर ९०४ मा, कोठा नम्बर ९०६ मा ,कोठा नम्बर ३११ मा बसेका ग्राहकको नगद तथा सामग्री चोरी भएको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।