
काठमाडौँ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै गणतन्त्र दिवसको अवसर पारेर राजावादी शक्तिहरूले आयोजना गरेको आजको प्रदर्शन सकिएको जनाएको छ।राप्रपासहितका राजावादी समूहले आन्दोलनको सुरुवात भएको भन्दै पहिलो दिनको आन्दोलन शान्तिपूर्ण भएको जनाएको हो।
कार्यक्रममा सहभागी नेताहरुले राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने उद्घोष गर्दै शुक्रबारको कार्यक्रममा पनि सहभागी हुन आह्वान गरे । राप्रपा नेपालका नेता कमल थापाले बिहीबार जहाँजहाँबाट जुलुस निस्किएको थियो सोही ठाउँबाट शुक्रबार पनि जुलुस निकाल्न आग्रह गरे । १२ बजेबाट सुरु हुने उक्त र्याली दिउँसो एक बजेभित्र माइतीघर र बिजुली बजार क्षेत्रमा जम्मा हुने नेता थापाको भनाइ थियो ।
यसअघि चैत्र १५ गते राजसंस्था पक्षधर समूहले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।