
काठमाडौं।
काठमाडौंको नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा ईभि माइक्रोबाट खसेर एक महिलाको मृत्यु भएको छ।
नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ७०५७ नम्बरको ईभि माइक्रोबाट खसेर माइक्रोमा सवार नागार्जुन नगरपालिका-६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कोपिला परियारको शुक्रबार बिहान मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।